पत्रकार यादवलाई कुटपिट गर्दै ज्यान मार्ने प्रयास, सुरक्षाको माग

Jasus Khabar 3925+ समाचार ( )
३० फाल्गुन २०८१

सुनसरी । सुनसरीलाई केन्द्रबिन्दु बनाएर विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार देवराज यादवलाई कुटपिट गर्दै ज्यान मार्ने प्रयास गरेको छ । सुनसरीको कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक सुबोध यादवले पत्रकार यादवलाई हातपात तथा दुर्ववहार गर्दै कुटपिट गरेको घटना बाहिरीएको छ ।


पत्रकार यादवले सामाजिक संजाल लाइभ मार्फत आफ्नो ज्यानको खतरा रहेको बताउदै आफुलाई सुबोध यादवले रक्सी खाएर कुटपिट गरेको बताएका छन् । पत्रकार यादवले आफु मरेपछि सुबोध यादव जिम्मेवार हुने समेत बताएका छन् । ज्यान मार्ने धम्की आएपछि पत्रकार यादवले सुनसरी प्रशासन सँग सुरक्षाको माग गरेका छन् ।


हेल्थ केयरमा बेथिति, भ्रष्टाचार र अनियमितता भएको गुनासो आएपछि रिपोर्टिङ गर्न पुगेका पत्रकार यादव माथि कुटपिट भएको हो । हेल्थ केयरका संचालक यादवले पत्रकार यादवको मोबाईल र माेटरसाईकल समेत खोसेको हो ।


पत्रकार यादवलाई धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिइ तत्काल कारवाही गर्न पत्रकार अजमल अन्सारीले जोडदार माग गरेका छन्। उनले प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने तथा सञ्चारकर्मीहरूमाथि ज्यान मार्ने जोसुकै तत्वहरूलाई कानूनी कठघरामा ल्याउन र सञ्चार माध्यम तथा सञ्चारकर्मीको सुरक्षाका लागि विशेष व्यवस्था गर्न सुनसरी प्रशासनलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार