हात्ती छेक्न लगाएको तारबाट करेन्ट लागेर मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२९ जेठ २०८२

हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार बुधबार बिहान साढे ८ बजेतिर खनाल घर नजिकैको आफ्नै बारीमा बाख्रा चराउन गएका थिए । अन्नबाली हात्तीले क्षति नगरोस् भनी उनले आफ्नै बारीमा लगाएको तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया