शान्तिसुरक्षा खाेज्दै मुस्लिम समुदायले गृहमन्त्रीलाई भेट्याे

Jasus Khabar 3925+ समाचार ( )
४ वैशाख २०८२

वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र हिंसात्मक घटनाप्रति गृहमन्त्री रमेश लेखकालाई मुस्लिम समुदायका अगुवाहरुले ज्ञापन पत्रद्वारा ध्यानाकर्षण गरएका छन् । मुस्लिम अगुवाहरूले शान्ति सुरक्षामाथि चिन्ता व्यक्त गर्दै गृह मन्त्रीलाई बुझाएकाे ज्ञापनपत्रमा शान्ति, सुव्यवस्थालाई खल्बल्याउने जाेससकै भए पनि कानूनकाे दायरामा ल्याएर सख्त कारवाही होस्, अमूक सेनाहरूको गैर कानूनी गतिविधिहरू बन्द गरियोस्, मुस्लिम समुदायको छवि बिगाड्ने काम रोकियोस्, मुस्लिमकाे सामुदायिक सुरक्षाको प्रत्याभूति गरियोस् भनी उल्लेख गरिएकाे छ ।

वीरगञ्जमा हनुमान जयन्तिलगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यसपटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरुले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतङ्क फैलाउन खोज्नु गम्भीर र षड्यन्त्रपूर्ण योजनाको द्यौतक हो, ज्ञापन पत्रमा उल्लेख छ । 

समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीले अश्वाशन दिए । उनले बेला बेला यस्ता घटना भइरहँदा पनि हामी यसलाई समाधान गरी, भाइचारा कायम गरी एकअर्काप्रति सम्मान र सद्भाव कायम गर्दै अगाडि बढेको भन्दै वीरगञ्ज घटनाप्रति सरकार गम्भीर बताए । मुस्लिम अगुवाहरूसँगकाे भेटमा उनले मन्त्रालयका सहसचिवहरूलाई गम्भीर रूपमा छानबिन गर्न निर्देशन दिए । 

गृहमन्त्री लेखकले व्यत्तिगत आफुले वीरगञ्जको प्रशासनलाई दुवै समुदायका धार्मिक गतिविधिहरुमा फरक फरक रुटहरु प्रयोग गराउन र त्यस्ता घटनाहरु नदोहोरिनसमेत निर्देशन दिएको बताए ।

मन्त्रीसमक्ष तार्किक रूपमा प्रस्तुत हुँदै पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैनले समस्याको तत्कालिक समाधान होइन दीर्घकालीन र दीगो समाधान खोज्नुपर्ने आग्रह गरे । उनले गृहमन्त्रीलाई यस विषयमा गृह प्रशासन कमजोर देखिएको छ, यसलाई के भन्ने भनी गरे ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, मुस्लिम आयोगका अध्यक्ष महमदिन अली, इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही, नेपाल मुस्लिम महिला समाज कल्यानकी अध्यक्ष सीमा खान, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य ताज माेहम्मद मियाँ र मुलिम समुदायका अन्य अगुवाहरुको उपस्थिति रहेको थियो । 

गृहमन्त्री लेखलसमक्ष शान्ति सुरक्षा कायम गर्न ज्ञापनपत्र बुझाएर उहाँहरु रिपोर्टर्स क्लब नेपाल पुगेर मुस्लिम समुदायप्रति बारम्बार भएको आतङ्ककाे अन्त गरी शान्ति सुव्यवस्था कायम गर्ने माग गर्दै पत्रकार सम्मेलन गरे । 

 पत्रकार सम्मेलनमा शान्तिसुरक्षाका सूक्ष्म कुराहरू उठाइएकाे थियाे । पत्रकार सम्मेलनकाे अध्यक्षता इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही र सञ्चालन माेहम्मद जाकिर हुसैनले गरेका थिए ।

प्रतिक्रिया

guddu shahab Biratnagar 11 ४ वैशाख २०८२, बिहीबार

सकारात्मक र सराहनीय कार्य,तर याे काङ्ग्रेसको गृहमन्त्रीनै अतिबादीकाे स्कूलिङ्ग निर्देशनमा हिडेकाे जस्तै यस्काे अहिलेसम्मको क्रियाकलापले शंका लागेको हाे किनकि इज्जतमामा ठाडै राेक लगाउने खाेल्दा सिमा देखि इज्जतमा स्थलसम्म स्केनिङ्ग देखि व्यापक प्रहरी परिचालन र कडा निगरानी तर अन्य जस्तै हिन्दु हरुकाे सिमानाका छेउको शहर बजारमा हुने कुनै पनि सभा रैलिमा हजारौं भारतीय र त्यसमा अपराधी मानसिकताका धेरैले नेपालमा उत्पात आतंक हिन्सा मच्चाउने सद्भावना बिराेधी क्रियाकलापमा कुनै राेकटाेक कार्यवाही छैन कथित सेना नामकलाई बिगत बर्सनै कार्यवाही र त्यसको सबै गतिविधिमा राेक लगाउने र कार्यवाही गर्ने सहमति भएको हाेइन त्यति मात्रै हाेइन काठमाडौंमै कथित युवा नामक कार्यक्रममा यस्ता अपराधीलाई निम्ता गर्ने र सद्भावना बिराेधी बाेल्न दिएकोमा सबैलाई कार्यवाही हुनुपर्ने तर यहीँ गाेपाल पराजुली नामक पूर्ब प्रधान न्यायाधीश यस्तो अपराधीकाे संरक्षणमा ज्ञापनपत्र बुझाउदै हिडने अतिबादीकाे सहयाेगमा किन ? नेपाल सरकार जवाफदेही हुनुपर्छ अल्पसंख्यक समुदायको सुरक्षा मा

Maksud aalam ansari ४ वैशाख २०८२, बिहीबार

GOOD JOB