चुनावमा गरेका वाचा बिर्सिएको छैन: प्रचण्ड

Jasus Khabar 3925+ समाचार ( )
१२ वैशाख २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गरेका वाचा आफूले नबिर्सिएको बताएका छन् ।

शुक्रबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा रहँदा आफूले चुनावमा गरेका वाचा पूरा गर्न इमानदार प्रयास गरेको बताएका हुन् । 

'चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन । सरकारमा हुँदा ती वाचा पूरा गर्न इमानदार  प्रयास गरियो। जे सकियो, त्यो गर्‍यौँ । अब त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसदमा समेत उठाउँदै आएको छु,' उनले भने ।
अध्यक्ष प्रचण्डले सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरे ।  अध्यक्ष प्रचण्डले जनताका माग सम्बोधन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आग्रह गरेका थिए ।  

प्रतिक्रिया