सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। >
स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हाल्दा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
>
>
करेन्ट लागेर अचेत बनेका बालकलाई तत्काल अस्पतालमा उपचारका लागि लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको छ।>>