राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट

Jasus Khabar 1+ समाचार ( )
२७ फाल्गुन २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको हो ।

बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । यसका लागि लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरूको एउटा समूह निस्कियो । त्यसपछि एकै छिन चकमन्न भयो । अनि एक्कासि अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा कैद भएको छ । ती पुरुष को हुन् भन्ने खुलेको छैन । 

कुटिने व्यक्ति लिङदेनको कार्यकक्षमा प्रवेश गर्न खोज्दा समातेर मुक्कै मुक्का हानेको देखिन्छ ।  कुटपिटको कारण खुलेको छैन ।

प्रतिक्रिया