रास्वपा-राप्रपाको बेल घेराउबिच संसद बैठक सुरू

Jasus Khabar 3925+ समाचार ( )
१ आषाढ २०८२

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले बेल घेराउ गरेका हुन्।

दुई दलको विरोधका बिच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठकमा भनाइ राखेका छन्। 


प्रतिक्रिया

सम्बन्धित समाचार