सुन तस्करी काण्डमा मुछिएका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढ्यो

Jasus Khabar 1+ समाचार ( )
४ चैत्र २०८०

सरकारले सुन तस्करी काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित यस प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य तस्करीमा संलग्न रहेका व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि आजै सुरू गर्न र अनुसन्धानको दायरामा रहेका सबैलाई बयान लिन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया