आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।>
आज छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार उक्त सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
>
तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।>
>>