एकैदिन २७ सय घट्यो सुनको मूल्य

Jasus Khabar 1+ समाचार ( )
११ वैशाख २०८१

मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो ।

सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया