शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरेको छ । >
अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पुनः उकालो लागेसँगै नेपाली बजारमा प्रभाव देखिएको छ । पाँच दिनमा सुन तोलामा साढे ५ हजार महँगिएको छ । गत आइतबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो । त्यस्तै कात्तिक १४ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको उच्चतम रेकर्ड बनेको छ । >
चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँमा झरेको छ ।>>