प्रहरी हुँ भन्दै रकम असुल गर्ने मेहता पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
९ श्रावण २०८२

सुनसरी । प्रहरीको नाममा धाकधम्की दिई रकम असुल गर्दै हिँडेको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।


बिहिवार जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट पोखरीचोकबाट खटिएको टोलीद्वारा भोक्राहा नरसिंह गाउँपालिका–५ टप्राहा क्षेत्रबाट को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–९ बस्ने ३० वर्षीय पवन मेहतालाई सादा पोशाकमा खटिने प्रहरी हुँ भनी विभिन्न व्यक्तिहरूलाई डर त्रास देखाउँदै रकम असुल गरेको आरोपमा पक्राउ गरिएको हो ।


प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया