सुनको मूल्यले फेरि बनायो रेकर्ड , प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
३० अशोज २०८१

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार