कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रहरीले समर्थकमाथि लाठीचार्ज गरेको छ । बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा समर्थक उग्र बनेका हुन् । >
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा समर्थकले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै हुटिङ गरेका थिए । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । उनीहरूलाई रोक्ने क्रममा लाठीचार्ज गरिएको हो ।>
नाराबाजी गर्ने दुई समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही कारण केही बेर खेल अवरुद्ध बनेको थियो ।
>>