मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत

Jasus Khabar 3958+ समाचार ( )
३० आषाढ २०८२

मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो।

प्रतिक्रिया