जारी प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।>
रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको लुम्बिनी ४८ / ४ ओभरमा १५८ रनमा अलआउट भयो । लुम्बिनीका लागि प्रजव्ल थापाले ४२, म्हमद हुसेनले २६ तथा विराट भण्डारीले २३ रन थपे ।
>
र्मिनल गुरुङले १४ रन थपेको खेलमा कृष्ण कार्कीले १२ रन थपे भने १८ रन लुम्बिनीले अतिरिक्तमा पाएको थियो ।
>
बलिङतर्फ सुदूरका नारायण जोशीले तीन तथा भोजराज भट्ट र नरेन साउदले समान २ विकेट लिए ।
>
>>