कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहित पुरुससँग सम्बन्ध राख्ने महिलालाई सजाय हुने व्यवस्था आउन लागेको बताएका छन् ।>
महिला अभियन्ता बिनु यादवको अनशन तोड्न बुधबार राति माइतीघर मण्डला पुगेका मन्त्री चौरसियाले उक्त व्यवस्थाबारे खुलाएका हुन् ।>
मन्त्री चौरसियाले भने, ‘अब अहिले आउने कानुनमा जानीजानी कुनै महिलाले वैवाहिक पुरुषसँग राखेमा महिलालाई पनि सजाय हुने व्यवस्था हुँदै छ ।’>
मन्त्री चौधरीले सामाजिक विखण्डन हुने खालको कानुन सरकारले नबनाउने बताए ।>>