प्रचण्डले लिए मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी

Jasus Khabar 3945+ समाचार ( )
४ श्रावण २०८२

 नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले बैद्य ‘किरण’ निवासमा पुगेर स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताउँदै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे।

उनले लेखेका छन्,‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रतिक्रिया