इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ उराँव टोलमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।>
सुनसरीकाे भोक्राहा नरसिंह -६ मा आगलागी भएको छ । आईतवार साझ लागेको आगाेले चार परिवारकाे पाचवटा घर जलेर नष्ट भएको छ । >
भाेक्राहा नरसिंह- ६ स्थित उराँव टाेलमा आगलगी हुदा बन्धु उराँव,बुधराम उराँव ,गोपाल उराँव र सवाे उराव लगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । >
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद सहितको टोलीले तत्काल एक महिना पुग्ने खाध्यान, त्रिपाल, कपडा र भाडाकुडा राहत उपलब्ध गराएको हो ।>
स्थानीय शिक्षक प्रदिप मेहताले दिनुभएको जानकारी अनुसार भोक्राहा नर्सिङ-६ स्थित उराँव टोलमा आगलगी हुदाँ बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराव लगायतको चार परिवारको घर पूर्णरुपमा जलेर नष्ट भएकाले गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।>>