नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै

Jasus Khabar 1+ समाचार ( )
१४ जेठ २०८१

नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ ।

यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो ।  क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

प्रतिक्रिया