‘पुष्पा- २’का अभिनेता अल्लु अर्जुन पक्राउ

Jasus Khabar 1+ समाचार ( )
२८ मंगशिर २०८१

तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन । डिसेम्बर ४ मा हैदराबादको एक हलमा चलचित्र ‘पुष्पा- २’ को प्रदर्शनको क्रममा चलेको भाग दौडको घटनालाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अल्लु अर्जुनलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रवार हिरासतमा लिएको छ, जहाँ मुद्दा दर्ता गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भाग दौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए।

उक्त घटनापछि प्रहरीले सोही थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया