मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो

Jasus Khabar 1+ समाचार ( )
२५ वैशाख २०८१

मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यसअघि सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया