त्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

Jasus Khabar 3925+ समाचार ( )
२६ फाल्गुन २०८१

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र कार्गो जहाज ठोक्किएपछि ३२ जना घाइते भएका छन् । हाल ठूलो उद्धार कार्य जारी छ ।

ग्रिम्स्बी पोर्ट निर्देशक मार्टिन बोयर्सले एएफपीलाई भने,“घाइतेहरूलाई तीनवटा जहाजमा उपचारको लागि किनारमा ल्याइएको छ । त्यहाँ घाटमा एम्बुलेन्सहरूको लाइन छ ।”

पूर्वी योर्कशायरको तटमा ट्याङ्कर र कार्गो जहाज बीचको टक्करको रिपोर्ट आएपछि बेलायती तटरक्षक दलले यो अपरेशनको समन्वय गरिरहेको कोस्टगार्डका प्रवक्ताले बताए ।“कोस्ट गार्डले प्रदूषणको सम्भावित प्रतिक्रियाको मूल्याङ्कन गरिरहेको छ ।”


बेलायती टेलिभिजन च्यानलहरूमा प्रसारित तस्बिरहरूले तटबाट लगभग १० माइल (१६ किलोमिटर) टाढा घटनास्थलबाट बाक्लो, कालो धुवाँ र आगोको विशाल मुस्लो उठिरहेको देखाएका छन् ।

। “धेरै मानिसहरूले जहाजहरू छोडेर गएका थिए भन्ने रिपोर्टहरू पनि आएका थिए,” रोयल नेशनल लाइफबोट इन्स्टिच्युट (आरएनएलआई)ले जनाएको छ

प्रतिक्रिया