वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

Jasus Khabar 3958+ समाचार ( )
२६ आषाढ २०८२

तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत् चुहावट भएर आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिजलगायतका सामान नष्ट भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए ।


प्रतिक्रिया