भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

 नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । 

बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी गोरखा गएका हुन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुगेको अवसरमा शुक्रबार (वैशाख १२) बारपाकमा आयोजना हुने भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार गोरखा पुगेर अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका–१२, कुन्दुटारमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन् ।


प्रतिक्रिया