पर्साको बहुदरमाई नगरपालिका-५ पटनीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।>
गण्डक नहरको सडकमा शनिबार राति साढे ९ बजेतिर बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिएर सडक छेउमै निर्माणाधीन नालामा खसेर दुवै सवारीसाधनमा आगो लागेको थियो। आगलागीबाट दुवै सवारीसाधन जलेका छन्।>
दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्यको पूर्वीचम्पारण जिल्लाका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार पर्साको बहुदरमाई नगरपालिका-५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।>
सुमोका चालक फरार रहेको उनले बताए। दुर्घटनामा जलेको मोटरसाइकलको नम्बर प्लेट खुल्न नसकेको उनले बताए।>
>>>>
>>>>
>>>>>