वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

Jasus Khabar 3925+ समाचार ( )
२ श्रावण २०८२

 महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी नयाँ टोलीको रूपमा भित्रिएको छ । आगामी भदौमा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको लागि लुम्बिनी पनि सहभागी हुनेगरि प्रवेश गरेको हो ।

पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाको प्रवेश भएको दोस्रो संस्करणमा लुम्बिनी लाभा सहभागी हुने जनाइएको छ । लुम्बिनी लाभाको स्वामित्व सुश्री मिडियासँग रहनेछ ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अक्सन आज शुक्रबार हुने जनाइएको छ ।

प्रतिक्रिया