विकट स्थानमा पर्यटन संग सम्बन्धीत योजना समझौताका लागी मन्त्रालय धाउन पर्दैन : पर्यटन मन्त्री

Jasus Khabar 1+ समाचार ( )
१६ चैत्र २०७९

कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री जिवन आचार्यले पर्यटन संग सम्बन्धीत स्विकृत भइसकेको तर समझौता हुन बाँकी योजनाहरु समयमै समाझौता गरि कार्य सम्पादन सम्पन्न गर्न सरोकारवालालाई आग्रह गर्नुभएको छ । 

पर्यटन वन तथा वातावरण मन्त्रालयमा चैत्र १४ गते बसेको मन्त्री स्तरिय महत्वपूर्ण २ वटा निर्णय गरेको मन्त्रालयले जनाएको छ । पर्यटन संग सम्बन्धीत स्विकृत भइसकेको तर समझौता हुन बाँकी योजनाहरु समयमै समझौता गरि प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्त भित्रको समय सिमा तोकिएको निर्णय भएको मन्त्रालयले जनाएको छ । 

यस्तै , कोशी प्रदेशको १४ वटै जिल्लाको विकट स्थानमा पर्यटन संग सम्बन्धीत योजना समझौताका लागी मन्त्रालय धाउन पर्ने बाध्यतालाई अन्त्य गर्दै सम्बन्धीत जिल्लाका वन डिभिजन कार्यलयले सहजिकरण गर्नु पर्ने निर्णय गरेको छ । 

 


प्रतिक्रिया