सिरहामा मिटरब्याजी आरोपमा १ महिला पक्राउ परेकी छन् ।
>
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका(६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
>
अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो ।
>
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
>>