देवानगञ्जमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो

Jasus Khabar 3925+ समाचार ( )
१ वैशाख २०८२

सुनसरी । सुनसरीको देवानगञ्जमा गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ । देवानगञ्ज ७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 


पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका शिवकुमारलाई देवानगञ्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।


गोली लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।


घाइते मध्ये शिवकुमारको अवस्था गम्भिर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार साना हतियारबाट तीन राउन्ड गोली चलेको हो । 


प्रतिक्रिया