सुनसरी कोशी गाँउपालिका वडा नं.-७ केराबारी स्थित पुर्व पश्चिम राजमार्ग दक्षिण पट्टि सडकको पेटीमा लागू औषध ठूलो मात्रा गाँजा बरामद गरिएकोे छ। >
कोशी गाउँपालिका वडा नं - ७ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बेबारीसे अबस्थामा १८ बोरा लागू औषध गाँजा ६३७.४५ केजि बरामद गरिएकोे हो। >
लागू औषध ओसार पाेसार कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली लागू औषध गाँजा बरामद गर्न सफल भएको हो। >
उक्त लागू औषध गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी योगराज खतिवडा जानकारी दिनु भयो।>>