राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Jasus Khabar 1+ समाचार ( )
२४ पौष २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन समय तोकिएको छ ।

सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।



प्रतिक्रिया