मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोलि) जनकपुरधाम आउने भएका छन् ।>
मधेश प्रदेश सरकारले निर्माण गरेको प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली भोलि साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको हो ।>
>
>
२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।>
भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।>
भवनको निर्माण कार्य समयमै सम्पन्न भएको हो । यसअघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।>
प्रधानमन्त्री ओलीको भ्रमणलाई दृष्टिगत गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।>>