एमालेले प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग

Jasus Khabar 1+ समाचार ( )
२० अशोज २०८१

नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई चेक हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री ओलीले विपदको सामना गर्न साझा दायित्व सम्झिनुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकायहरूको सक्रियता आवश्यक रहेको स्पष्ट पारे।


एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो।


त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, र सचिव रघुवीर महासेठ लगायतका नेताहरू उपस्थित थिए।



प्रतिक्रिया