जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् । >
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल चढेर मंगलबार राति भागी फरार भएको प्रहरीले जनाएको छ ।>
सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीसहितको संयुक्त टोली उनको खोजी कार्यमा खटेको प्रहरीले जनाएको छ । >>