अङ्गभङ्ग मुद्दाका फरार वडा अध्यक्ष थापा प्रहरी नियन्त्रणमा

Jasus Khabar 3887+ समाचार ( )
१७ कार्तिक २०८२

अजमल अन्सारी

इनरुवा । अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भई लामो समयदेखि फरार रहेका इनरुवा नगरपालिका–६ का वडा अध्यक्ष सुमन थापा अन्ततः प्रहरी नियन्त्रणमा आएका छन्।


कार्यवाहक जिम्मेवारी सदस्यलाई सुम्पिएर घर बाहिर बस्दै आएका थापा आइतबार पकली प्रहरीको सम्पर्कमा आएका हुन्। उनी प्रहरीको खोजीमा रहेका बेला पटक–पटक फरार रहेका थिए।


सुनसरी जिल्ला प्रहरी प्रमुख परिवर्तनसँगै थापाको पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेको थियो। प्रहरीका अनुसार थापा लुकेर बस्ने सम्भावित स्थानहरूमा निगरानी कडाइ गरेपछि केही दिनयता उनी प्रहरी सम्पर्कमा आउन सक्ने अनुमान गरिएको थियो।


स्रोतका अनुसार थापा पकली प्रहरी चौकीमा निवेदनसहित पुगेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेवेले वडा अध्यक्ष थापा प्रहरी नियन्त्रणमा रहेको पुष्टि गर्दै “कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाइनेछ” भन्नुभयो।


बदलिँदो राजनीतिक परिस्थितिसँगै प्रहरीको सक्रियता बढेपछि लामो समयदेखि फरार रहेका वडा अध्यक्ष थापा अन्ततः कानुनी प्रक्रियामा आउन बाध्य भएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार