पार्किङ निषेध गर्ने अभियानमा लागेको विराटनगर महानगरपालिका : ट्राफिक प्रहरीले गरेको पार्किङ समेत हटाए
विराटनगर/ मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ ।
नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । “ट्राफिकका इन्स्पेक्टर साब पनि यहीं हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” मेयर कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”
ताजा समाचार
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३
पत्रकार विश्वकर्मा सम्मानित
Jasus Khabar | १४ आषाढ २०८३
जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, सम...
Jasus Khabar | ११ आषाढ २०८३
इनरुवा नगरपालिकाको बजेट ९६ करोड ६७ लाख, पूर्वाधार...
Jasus Khabar | १० आषाढ २०८३