गणतन्त्रलाई अहिल्यै खतरा छैन : अध्यक्ष दाहाल

Jasus Khabar 3945+ समाचार ( )
७ वैशाख २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भन्ने अवस्था नरहेको बताएका हुन् ।

दाहालले दलहरू गणतन्त्रका लागि एक हुनै पर्ने, नत्र गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठिक नभएको स्पष्ट पारे । उनले भने ‘दलहरू गणतन्त्रका लागि एक हुनै पर्ने नत्र गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठिक छैन।’ दाहालले अहिलेको गठबन्धनलाई माओवादी केन्द्रले समर्थन नगर्ने स्पष्ट पारे।

उनले अहिलेको गठबन्धनलाई समर्थन नगर्ने र यो गठबन्धनमा समावेश पनि नहुने दाबी गरे । दाहालले नेतृत्वको कारण अहिलेको सरकार हट्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको बताए । उनले कांग्रेसको नेतृत्वको सकारलाई माओवादी केन्द्रले  समर्थन गर्ने र सहभागी पनि हुने स्पष्ट पारे । 

प्रतिक्रिया