सिमकोट गाउँपालिका-७ की ११ वर्षीय एक बालिका तीनदेखि बेपत्ता भएकी छन्। कर्णाली माध्यमिक विद्यालयमा कक्षा- ४ मा पढ्दै गरेकी ११ वर्षीय सुनसरी सिंह तीनदिनदेखि बेपत्त भएकी हुन्। यही जेठ २६ गते बेलुका खेल्न क्रममा बेपत्ता भएकी उनका बुबा देवी सिंहले जानकारी दिए।>
छोरी हराएकोबारे धारापोरी प्रहरीचौकीलाई जानकारी गराए पनि नभेटिएको उनले बताए। बेपत्ता बालिकाको खोजी कार्यमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।>
>>