ओलम्पिक धाविका सन्तोषी स्विट्जरल्यान्ड प्रस्थान

Jasus Khabar 3925+ समाचार ( )
२७ जेठ २०८२

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई विदाइ गरेका हुन् ।

यो फोरम आगामी बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजेन सहरमा आयोजना हुँदैछ । 

विदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस र कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार