प्यालेस्टाइन राज्य, स्वतन्त्रता र अधिकार सामाजिक संजालमा मुजरा र रमिता गरेर फिर्ता हुने हैनन् । देखावटी आँशु, भावनात्मक स्टन्ट र नक्कली लोकप्रियता देखाएर केही उपलब्धि हासिल भएको छैनन् र हुने वाला पनि छैनन् । अहिले सामाजिक संजाल फेसबुक र टिकटकमा प्यालेस्टाइन संग सम्बन्धित विभिन्न गीतमा सस्तो लोकप्रियता कमाउन नाैटंकी गर्न भ्याइरहेका छन् ।
गुगल म्यापबाट प्यालेस्टाइनको नक्सा हटाइएको र प्यालेस्टाइन माथिको आक्रमण सँग सम्बन्धित विषयलाई आधार बनाएर सस्तो र क्षणिक लोकप्रियता खोज्नेहरुको जमात नै सक्रिय भएको देखिन्छन् । अहिलेको गतिविधि हेर्दा अब समाज र मानव जाति जागेको लाग्छ । तर, तपाईहरु धेरै ढिलो गरिसक्नु भएको हो । प्यालेस्टाइनी माथि आजदेखि आक्रमण भएका होइनन्, म्यापबाट प्यालेस्टाइनको नक्सा आजबाट हटाइएका होइनन् । जति बेला तपाईहरु सुति रहनु भएको थियो । त्यति बेला नै यो सबै भएको छ ।
आजभोलीका युवा र युवती लागूपदार्थ र प्रेममा व्यस्त छन् । उनीहरुसँग यो सबको बारेमा ज्ञान लिनु वा दिनु र आफ्नो अभिव्यक्ति राख्नु र आफ्नो लेख लेखेर ध्यानाकर्षण गराउनलाई कहाँ फुर्सद छन् र ? अभिभावक पनि यस्ता गैरजिम्मेवार भएकी आफ्नो छोरा र छोरीले कहाँ के गर्दैछन् । त्यता तिर हेर्न र ध्यान दिन समेत भ्याएका छैनन् ।
सामाजिक संजालमा कथित सामाग्री प्रकाशन गर्छन् । तर देश, राष्ट्र, समाज र न्यायको पक्षमा वकालत गर्न सकेका छैनन् । आजसम्म एकशब्द पनि बोल्न नसकेकाहरुले अहिले उफ्रिएर सामाजिक संजालमा प्रश्न गर्न आएका छन् । भाइबहिनीहरु पहिला तिमीहरुको मुजरा र तमासा बन्द गर । सक्छौ भने सत्य र न्यायको पक्षमा आवाज उठाउ ! बोल र लेख । सक्दैनौं भने भुक्ने काम बन्द गर !
प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा प्रति तिमिले कहिले आवाज उठाएको होर ? नाङ्गो साम्राज्यवादी तथा बिस्तारबादी नीति संयुक्त राष्ट्र संघले प्यालेस्टाइनको मामिलामा सरासर अन्धभक्त जस्तै रहयो यसको बारेमा तिमिहरु कहिले बोलेको होर ?
अमेरिका लगायत साम्राज्यवादी मुलुकहरुको उक्साहट र अस्पताल तथा विद्यालयहरुमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गर्नसक्नु पर्दछ । प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरुकै योजनामा खोसिएको होइनन् र ? प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको छ । ‘१४ मे १९४८ मा इजरायल नामको नक्कली राष्ट्र स्थापना गरेर प्यालेस्टाइनी जनतालाई दुई किनारमा विभाजित बनाउने काम साम्राज्यवादीहरुकै योजनामा भएको तथ्य लुकेका छैनन् ।
आफ्नो मुलुकको स्वतन्त्रताको पक्षमा बहादुरीपूर्वक लड्ने प्यालेस्टाइनी जनताका पक्षमा संसारैभरिका न्यायप्रेमी जनताले ऐक्यबद्धता जनाउनु पर्दछ। अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर आक्रमण भइरको छ । अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्र संघको यिनीहरुको लागि मरेका होइनन् र ?
गत अक्टुबर ७, २०२३ मा हमासबाट आक्रमण सुरु भएपछि चलेको युद्धमा आजसम्म झण्डै ५५ हजार जनाको ज्यान गइसकेको छ । झण्डै २ लाख बन्दा बढी घाइते अवस्थामा छन् । संयुक्त राष्ट्र संघकै तथ्यांकअनुसार ७ लाख ८० हजार भन्दा धेरै मान्छे यस बीचमा विस्थापित भएका छन् । पछिल्लो समय इजरायलले अस्पताल क्षेत्र, विद्यालय क्षेत्रमा पनि आक्रमण दोहोर्याइरहेको छ।
प्यालेस्टाइन हरेक मिनेट मारिएका छन् । यो कति अन्यायपूर्ण छ ? कुनैबेला आश्रय माँगेर बसेको इजरायली शासनले अमेरिकी साम्राज्यवादको प्रोत्साहनमा आश्रयदाता प्यालेस्टाइनी जनतालाई नै लखेट्दै छ । प्यालेस्टाइनमा निरन्तर इजरायली बमहरूबाट महिला, वृद्ध, बच्चा, युवा, सबै मारिँदैछन् । युद्धको नाममा निर्दोष प्यालेस्टाइनी जनताको नरसंहार अविलम्ब रोकिनु पर्दछ। यसको निम्ति सबै तिरबाट आवाज उठ्नु जरुरी छ । प्यालेस्टाइनी नागरिकको मुक्ति र सङ्घर्षप्रति एक्यवद्धता प्रकट गर्दछु । हार्दिक धन्यवाद !
पत्रकार अजमल अन्सारीको पोष्ट (विचार) सान्दर्भिक लागेर जस्ताको त्यस्तै प्रकाशित गरिएको छ । त्यसमा व्यक्त विचार उनका निजी हुन् । अन्सारी राजनीतिक, आर्थिक, कृषि , शिक्षा, स्वास्थ्य र अनुसन्धान लगायतका समय सन्दर्भको आधारमा कलम चलाउँछन् । )
>>
प्यालेस्टाइन: सामाजिक संजालमा स्टन्ट र रमिता !
२९ चैत्र २०८१
प्रतिक्रिया
ताजा समाचार
नेपालमा सामाजिक सञ्जाल: फाइदा, चुनौती र समाधान
Jasus Khabar | २१ जेठ २०८३
राष्ट्रिय संवेदनशीलतामाथि हल्का टिप्पणीको मूल्य: स...
Jasus Khabar | १७ जेठ २०८३
सीमा, लागुऔषध र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरील...
Jasus Khabar | १४ जेठ २०८३
‘विकास निर्माणमा अवरोध स्वीकार्य छैन’ : वडा अध्यक्...
Jasus Khabar | १० जेठ २०८३
आसेपासेलाई मात्रै खबर, उपलब्धि शून्य : करोडौं खर्च...
Jasus Khabar | १० जेठ २०८३
सुनसरी बहुमुखी क्याम्पस इनरुवाको सञ्चालक समितिमा स...
Jasus Khabar | १० जेठ २०८३