गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-४ स्थित खैलारमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। हात्तीको झुण्डबाट बाहिरीएको गाउँघरमा सताउने हात्ती खेतबारीमा मृत अवस्थामा भेटिएको हो।>
बर्दिया राष्ट्रिय निकुञ्जको बासस्थानमा रहेको ३० वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत एवम् नेपालका हात्ती विज्ञ डाक्टर अशोक कुमार रामले बताए। >
>
जंगल लगायत गाउँघरमा यत्रतत्र हिँडिरहने हात्ती एक्कासि मृत अवस्थामा भेटिएको हो। उनले भने, ‘हात्ती मृत्युको वास्तविक कारण त पुष्टि भइसकेको छैन। हामीले पोस्टमार्टमका लागि शुरु गरेका छौ। रिपोर्ट आउन केही दिन लाग्छ। रिपोर्ट नआए सम्म मृत्युको यकिन तथ्य थाहा हुँदैन।’>
उनले भने, नमुना परीक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा पठाएका छौं। परिणाम आएपछि मृत्युको वास्तविक कारण थाहा हुन्छ। यतउती घुमिरहने हात्ती भएकाले शरीरमा चोट पटक लागेको अवस्था छ। घरहरू भत्काउँदै हिँड्ने मध्येको हात्ती हो। प्रारम्भिक अनुसन्धान तथा घटना स्थल मुचुल्का हेर्दा कालगतिले मृत्यु भएको अनुमान हामीले गरेका छौं। हात्तीको फोक्सो ड्यामेज छ। मृत हात्तीको आन्द्रामा पनि इन्फेक्सन भएको अवस्था छ।’ >
>
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय जंगली हात्तीको संख्या बढेको पाइन्छ। हात्तीलाई मन पर्ने आहारा प्रजाति, जलाशय लगायत चोरी सिकार नियन्त्रण भएसँगै हात्तीको बासस्थान अनुकूल बनेको छ। बर्दियामा १ सय २० भन्दा बढी जंगली हात्तीहरू छन्। जसमध्ये ४० देखि ६० वटा हात्ती रैथाने छन्। तिनीहरूले निकुञ्ज छाड्दैनन्। केही हात्तीहरू केही महिना नेपालमा र केही महिना भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षमा विचरण गर्ने गरेको पाइन्छ>>