भारतीय देविका बनिन् नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक

Jasus Khabar 1+ समाचार ( )
२१ श्रावण २०८०


भारतकी देविका दीलिप पल्सिकार नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत पल्सिकार नेपाली महिला टिमको सल्लाहकारको भूमिकामा रहने जनाएको हो । क्यानले उनलाई महिला विश्वकप छनोटको तयारीका लागि सहायक प्रशिक्षकको भूमिकामा ल्याएको हो ।

भारतीय राष्ट्रिय महिला टिमकी पूर्वसदस्यसमेत रहेकी पल्सिकारले भारत र बंगलादेशको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेकी छन्।  पल्सिकारले भारतका लागि एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् ।

विश्वकपको एसिया छनोट मलेसियामा हुनेछ । आउँदो अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगितामा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप ग्लोबल छनोटमा छानिनेछन् । छनोटका लागि नेपालको प्रारम्भिक टोलीसमेत घोषणा भइसकेको छ ।


 

प्रतिक्रिया