शौचालय जान आँगनमा निस्किएका बिर्तामोडका ५९ वर्षीय लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
१९ आषाढ २०८२

झापाको बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन् ।

हात्तीको आक्रमणले गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया