नहरको ढोकामा अड्किएका एक पुरुष मृत फेला, अनुसन्धान जारी

Jasus Khabar 3959+ समाचार ( )
१९ जेठ २०८२

 झापाको मेचीनगर नगरपालिका वडा नं. १ सुनारे टोलस्थित सिद्दि खोलाबाट सिँचाइका लागि लगिएको नहरको ढोकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतक जिल्ला इलाम रोङ गाउँपालिका वडा नं. ६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ रहेको खुलेको छ। उनी मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीसम्म पुगेको नहरको ढोकामा घोप्टो परेको अवस्थामा अड्किएर मृत फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया