गाजा तस्कर उम्काउन सहयोग गरेको आरोपमा असई पवन राय छानबिनमा

Jasus Khabar 3925+ समाचार ( )
१० कार्तिक २०८२

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–५ हुडकी टोलमा गाजा तस्करीमा संलग्न सिटी रिक्सा चालकलाई उम्काइदिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) पवन राय छानबिनमा परेका छन् ।

प्रहरी चौकी श्रीपुरका इन्चार्ज असई रायले आर्थिक प्रलोभनमा परेर गाजा बोकेका चालकलाई भगाएको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी तानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले श्रीपुर चौकीका असई रायविरुद्ध प्रारम्भिक छानबिन सुरु भएको बताए । उनले घटनाको सत्यतथ्य पत्ता लगाउन आन्तरिक अनुसन्धान अघि बढाइएकोसमेत जानकारी दिए ।

गाजा तस्करी नियन्त्रणमा कडाइ गरिएको बेला प्रहरीकै संलग्नता देखिनु सुरक्षा निकायको छविमा असर पार्ने खालको भएको बताइएको छ ।

प्रतिक्रिया