कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
१० आषाढ २०८२

 कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

यही असार ७ गते चीनको भू–भागमा उनको मृत्यु भएको थियो । मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार