जंगली हात्तीको आक्रमणबाट मोरङको बेलबारी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।>
>
आइतबार बिहान नगरपालिका ८ स्थित बाँसबारीमा करिब ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।>
प्रहरी कार्यालयकी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक कोपिला चुडाँलका अनुसार विहान करिब ३ बजे घरनजिकको खेतमा पानी लगाउने क्रममा हात्तीले आक्रमण गर्दा सो घटना भएको हो । खेतमा पानी पटाउनका लागि राजवंशीसँगै अर्की एक ३५ वर्षीया महिला बन्दना राजवंशी समेत रहेकी थिइन् ।>
विहानी पख खेतमा पानी पटाउन पुगेकी महिलाहरुमाथि जंगली हात्तीले एकाएक आक्रमण गरेको प्रहरीको भनाई छ । यसक्रममा बन्दना भने लुकेर भाग्न सफल भएकी थिइन् । हात्तीले आक्रमण गरेलगत्तै केहीपर पुगेर बन्दनाले हो हल्ला गरेपछि स्थानीय घटनास्थलमा पुगेका थिए। चौतर्फी हो हल्ला भएपछि हात्ती नजिकैको चारकोशे झाडीतर्फ(जंगल) भागेको थियो। यद्यपि, हात्तीको आक्रमणबाट अमिना भने घाइते भएकी थिइन् ।>
स्थानीय र प्रहरीको टोलीले घाइते अमिनालाई तत्कालै विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिस्ट अस्पतालमा भर्ना गराएका थिए । प्रहरीका अनुसार उपचारका क्रममा अमिनालाई चिकित्सकले ९ बजे मृत घोषित गरेका थिए ।>
हात्तीको आक्रमणले अमिनाको शरीरको विभिन्न भागमा चोट रहेको थियो ।>>>