पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

Jasus Khabar 1+ समाचार ( )
१५ श्रावण २०८०

सप्तरीको बोदेबर्साइन नगरपालिका– १ धनगढीका दुई जना बालिकाको पोखरीमा डुबेर  मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको मृत्यु भएको हो ।

उनीहरु भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया