तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Jasus Khabar 3925+ समाचार ( )
१५ कार्तिक २०८२

इनरुवा । कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका अन्तर्गतका सप्तरी र सिरहा सहितका जिल्लामा आज सतर्क रहन कोशी ब्यारेज कन्ट्रोल रुमले आग्रह गरेको छ । 

सप्तकोसी नदीको बहावमा आएको परिवर्तनका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै कन्ट्रोल रुमले स्थानीय प्रशासन, सुरक्षाकर्मी र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

कन्ट्रोल रुमका अनुसार कोशी नदी र त्यसका सहायक खोलामा पानीको सतह क्रमशः बढ्दै गइरहेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

जलस्रोत तथा मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा निगरानी गर्न र जोखिमपूर्ण क्षेत्रमा अनावश्यक आवतजावत नगर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया